कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

माओवादी राष्ट्रिय महाधिवेशन मिति छिट्टै घोषणा हुन्छ : दाहाल 

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय महाधिवेशन छिट्टै घोषणा हुने बताएका छन् । आगामी केन्द्रीय समिति बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गरिने उनले जानकारी दिएका हुन् ।

माओवादी राष्ट्रिय महाधिवेशन मिति छिट्टै घोषणा हुन्छ : दाहाल 

काठमाडौंमा आयोजित कार्यक्रममा शनिबार प्रधानमन्त्री दाहालले छिट्टै पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने जानकारी दिएका हुन् ।

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न राष्ट्रिय महाधिवेशन गरिने पनि अध्यक्ष दाहालले बताए । ‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौं । अबको केन्द्रिय समिति बैठकले महाधिवेशनको मिति तोक्छ,' दाहालले भने, 'पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौं । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उदघाटन गर्छौं । नयाँ विचार संश्लेषण गर्छौं । नयाँ अभियानसहित लैजान्छौं र गणतन्त्रको सुदृढकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएरै छाड्छौं ।’

जनताले पार्टीप्रति भर गर्ने विश्वास तय गर्ने दाहालको भनाइ थियो । उनले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्र अघि बढ्ने बताए ।

प्रकाशित : असार ८, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×