कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

काठमाडौँ — संसद्‌को गतिरोध अन्त्य गर्न बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुले बैठक बिनानिष्कर्ष सकिएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा सहकारीको रकम हिनामिनामा संसदीय समितिको क्षेत्राधिकारलाई टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बसेको थियो । शनिबार दिउँसो बसेको कार्यदलको बैठकले संसद्, सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीको नामै लेखेर क्षेत्राधिकार तोक्न सहमति नजिक पुगे पनि सहमति जुटेन ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत नेताबीच क्षेत्राधिकारमा टुंगाउने छलफल भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा नआएका कारण अन्तिम रुप दिन सकेनन् ।

प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लले आइतबार बिहान कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले संसद्‌को गतिरोध अन्त्य गर्ने प्रयास गर्ने बताए । ‘आइतबार बिहान टुंग्याउने गरी शीर्ष नेतासहित कार्यदल बस्ने कुरा भएको छ,’ उनले भने, ‘सकेसम्म सहमति गर्ने तयारी छ ।’

प्रकाशित : जेष्ठ १२, २०८१ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?