कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बेलिङ्घमको गोलमा इंग्ल्यान्ड विजयी

काठमाडौँ — जुड बेलिङ्घमले गरेको एक मात्र गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा सर्बियालाई सोमबार १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । उपाधिको बलियो प्रत्यासी इंल्यान्डका लागि रियल म्याड्रिडले १३ औं मिनेटमा गोल गरे ।

बेलिङ्घमको गोलमा इंग्ल्यान्ड विजयी

समूह ‘सी’ को खेलमा २० वर्षीय बेलिङ्घमले बुकायो साकाको क्रसमा गोल गरेका हुन् । यस जितसँगै इंग्ल्यान्डले समूहमा सुरुआती अग्रता पनि लिएको छ । त्यसअगाडि आइतबार भएको यसै समूहको खेलमा स्लोभेनिया र डेनमार्कले १–१ को बराबरी खेले ।

डेनमार्कले त्यस खेलमा क्रिस्टियन एरिक्सनको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो । स्लोभेनियाले दोस्रो हाफको ७७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एरिक जान्जाले त्यो गोल गरेका हुन् ।

सन् २०२१ को युरोमा हृदयघातको किशार हुँदै एरिक्सन खेलकै क्रममा ढलेका थिए । तर उनले अविश्वसनीय पुनरागमन गरे र अहिले गोल गरेका हुन् । यो बराबरीपछि दुवै टिम समान एक-एक अंकमा रहे ।

प्रकाशित : असार ३, २०८१ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?