कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

इलाम — इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम-२ मा १ लाख १५ हजार ८८९ कुल मतदातामा थिए ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

प्रकाशित : वैशाख १५, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×