२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सरकार हरेक हिसाबले असफल भइसक्यो : डा. भट्टराई 

अर्घाखाँची — पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पाटीका अध्यक्ष डा. बावुराम भट्टराईले मुलुकमा सुशासन, आर्थिक विकास, राजनीति स्थिरता र भ्रष्टाचार नियन्त्रण लगायत सबै हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार धेरै दिन टिक्न नसक्ने उनले ठोकुवा गरे । 

सरकार हरेक हिसाबले असफल भइसक्यो : डा. भट्टराई 

‘जता काफल पाक्यो, उतै चरी नाच्यो जस्तै गरेर, बच्चाले भाँडाकुटी बनाएर भत्काएजस्तो गरी सरकार बनाउने र भत्काउने गर्ने काम मात्रै भयो,’ मालारानी गाउँपालिका–५ बाँगी गुराँसेमा भएको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री दाहालतर्फ इंगित गर्दै भने, ‘तीन पटक सरकार फेर्दा पनि मुलुकमा थप अस्थिरता निम्तेको छ । बेरोजगारी समस्या झन बढ्दै गयो, अहिले त पढ्नका लागि विद्यार्थीले देश छाडेर जाने स्थिति आयो ।’

दलहरु निजी कम्पनी जस्तै भएको, स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको बताए । केन्द्रमा सरकार परिवर्तन भएपछि स्वयत्ता भनिएको प्रदेश सरकार पनि भताभुंग बनाएपछि स्थिरता नभएको उनको टिप्पणी छ ।

भट्टराइले सरकारले भ्रष्टचारीलाई कारबाही र दण्डित गर्ने भन्दापनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने काम गरेको टिप्पणी गरे । वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताए । सरकार भताभुंग पार्नेतिर ध्यान भएकाले देशमा राजनीति स्थिरता, सुशासन देश विकासको मुद्दा कसरी बन्छ भन्नेतिर सरकारको सोच नभएको उनले बताए ।

वर्तमान निर्वाचन र शासकीय प्रणाली छ, यसले स्थितरता दिँदैन, समानुपातिक, समावेशीअनुसार कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित सांसदको व्यवस्था गर्नुपर्ने उनले बताए । जन लोकपाल गठन गरेर जानुपर्ने उनको भनाइ छ । 'यसो गरिए मुलुकमा तीव्र आर्थिक विकास गर्ने र ३० वर्षभित्र बेरोजगारी मुक्त सहितको समृद्धि नेपाल बनाउन सकिन्छ,' उनले भने, 'एउटा राष्ट्रिय विकास प्राधिकरण बनाएर देशको विकास योजना निर्माण गरेर अगाडी बढ्नुपर्छ । म विकास योजनाको विद्यार्थी पनि हुँ, मैले सघाउँछु।'

आफूले वैकल्पिक राजनीति शक्ति बनाउन लागेको पनि उनले बताए ।

प्रकाशित : वैशाख ९, २०८१ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?