२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन् : सभामुख घिमिरे

न्युज एजेन्सी नेपाल

विराटनगर — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताएका छन् । बिहीबार विराटनगर पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताए ।

वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन् : सभामुख घिमिरे

उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए ।

‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरु बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ,' उनले भने ।

उनले सरकारले संसद्मा बिस्तारै बिजनेस दिइरहेको बताए ।

प्रकाशित : फाल्गुन ३, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?