२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको आरोप लगाए ।

गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली

शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सवमा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हब हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको बताए ।

युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए । ‘गठबन्धनवालाहरुको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने हो । तर यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ,' उनले भने ।

उनले नेपाललाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताए । 'जसको ५ हजार भन्दा पुरानो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ । यी समस्याहरु छन् । यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ,' उनले भने, 'युवाहरुलाई सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर प्रेरित गर्ने काम हुन सकिरहेको छैन । समस्याहरु छन् र समाधान पनि छ । तर सरकारले त्यसको मेसो पाउन सकेको छैन ।'

अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए । देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताए ।

प्रकाशित : माघ २०, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?