कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका १९ उम्मेदवार जिताउन शीर्ष नेताहरुको अपिल

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त अपिल जारी गर्दै आह्वान गरेका हुन् । 

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका १९ उम्मेदवार जिताउन शीर्ष नेताहरुको अपिल

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् निर्वाचन समन्वय समितिका संयोजक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गर्ने निर्णय भएको बताए । लगत्तै शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् ।

‘आज सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरुको बैठक हो । यो बैठक राष्ट्रिय सभा निर्वाचनका लागि हो । बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता पक्षका गठबन्धनका साझा उम्मेदवारहरुलाई कसरी जिताउने भन्ने विषयमा छलफल भयो,' उनले भने, 'छलफलपछि शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्नुभएको छ ।'

उनले १९ जना गठबन्धनका उम्मेदवार जिताउन सात दलका शीर्ष नेताहरुले संयुक्त हस्ताक्षर गर्दै अपिल जारी गरेको बताए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसपटक गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिटमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ अपिल :

प्रकाशित : पुस २९, २०८० १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×