कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माओवादीद्वारा दुई केन्द्रीय सदस्यलाई कारबाही, दर्जन बढीलाई स्पष्टीकरण सोध्ने 

गंगा बीसी

काठमाडौँ — माओवादी केन्द्र स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

माओवादीद्वारा दुई केन्द्रीय सदस्यलाई कारबाही, दर्जन बढीलाई स्पष्टीकरण सोध्ने 

तामाङ राजावादी गतिविधिमा संलग्न भएको र बिक केही समयअघि एमालेमा प्रवेश गरेकाले कारबाही गरेको माओवादीले जनाएको छ । माओवादीको चार महिने विशेष रुपान्तरण अभियानमा कार्यक्षेत्रमा नजाने दर्जन बढी केन्द्रीय सदस्यको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।

माओवादीले भदौ १६ देखि सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालेको छ । स्थायी समिति सदस्यले अभियानले पार्टी संगठनहरुलाई सक्रिय बनाएको बताएका थिए ।

सात प्रदेश र विशेष समितिका इन्चार्जले विशेष रुपान्तरण अभियानको समीक्षा गर्दै रिपोर्टिङ गरेका थिए ।

यो पनि

प्रकाशित : पुस २८, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×