कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ 

काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको स्कारपियो जिपले बिहीबार राति दाङको राप्ति गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ति गाउँपालिकाका २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बिहीबार राति काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले करिब पौने १० बजेतिर रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएकोमा लमही स्थित अस्पतालमा निधन भएको केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार स्कारपियोले आफ्नो दिशामा गइरहेको मोटरसाइकललाई दाङको राप्ति गाउँपालिकाको सिंगेस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा ठक्कर दिएको हो ।

स्कारपियो चालक बास्तोलालाई भालुवाङस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको एसपी केसीले जानकारी दिए । बास्तोलामाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : कार्तिक ३, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?