कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०

जबर्जस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा

काठमाडौँ — घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।

जबर्जस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा

मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक रहेका बेला पोखरेलले घरेलु कामदारलाई जबर्जस्ती करणी गरेको आरोप लागेको हो ।

पीडितलाई डरधम्की देखाई प्रलोभनमा पार्न खोजेका रामजी भन्ने चेतन न्यौपाने र रन्जितकुमार जैसवाललाई जनही तीन लाख पचास हजार धरौटीमा रिहा गरेको छ । पीडितले आफूमाथि भएको बलात्कारजस्तो जघन्य अपराध विरुद्ध मुद्धामामिला थालेपछि न्यौपाने र जैसवाल लगायतले प्रलोभनमा पारेर मिलापत्र गर्न दबाब दिएका थिए । उनीहरु विरुद्ध पनि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा फितलो बनाउन र मिलापत्र गर्न प्रयास गरेका भोजराज रेग्मी र अमन तामाङ भने फरार छन् । उनीहरुको खोजी कार्य भैरहेको प्रहरीको भनाइ छ ।

रामेछाप घर भएकी पीडित भुकम्पपछि काठमाडौं आएर सफाइको काम गर्थिन् । सोही क्रममा गतवर्ष सिनामंगलस्थित पोखरेलको घरमा काम पाइन् । सफाई गर्न गएको बेला पीडितलाई पोखरेलले पटक—पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेका थिए । माफी दिएर पोखरेलको हर्कत नसुध्रिएपछि असार १७ गते पिंगलास्थानस्थित माइती नेपाल कार्यालय पुगेकी थिइन् ।

माइती नेपालले महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको थियो । असार १८ गते उनी जाहेरी लिएर गौशाला वृत्त पुगेपनि जाहेरी नलिएपछि जिल्ला प्रहरी परिसर काठमाडौं (टेकु) र कालिमाटी महिला सेल गइन् । टेकु प्रहरी र कालिमाटी महिला सेलले पनि सुरुमा वास्ता गरेनन् । साउन ५ गते मात्रै टेकु प्रहरीले जाहेरी दर्ता गर्‍यो । साउन ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । यसपछि फरार भएका पोखरेललाई साउन १२ गते प्रहरीले पक्राउ गरेपछि मुद्दा प्रक्रिया अगाडि बढेको थियो । पोखरेललाई थुनामा नपठाएसम्म मिलापत्र गर्न पीडक पक्षले पीडितलाई दबाब दिंदै आएका थिए । सरोकारवाला निकायमा धाउन थालेको ५५ दिनमा पोखरेललाई थुनामा पठाइएपछि केही हदसम्म न्यायको महसुस भएको पीडितले बताइन् ।

सम्बन्धित समाचार

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

यौन दुर्व्यवहार खेपेकी युवतीले पाइनन् न्याय

प्रकाशित : भाद्र १३, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×