कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल केहीबेर अघि त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको छ ।

सम्बन्धित समाचार

यौन दुर्व्यवहार खेपेकी युवतीले पाइनन् न्याय

प्रकाशित : श्रावण १२, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×