२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

सडकभन्दा भित्री भागमा रहेका भवन पनि महानगरको टोलीले खाली गराउने काम गरिरहेको छ । भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।

सदनकी सञ्चालक घलेले भने आफू गलत नरहेको र भवनको लालपुर्जा आफ्नै निजी रहेको बताउँदै आएकी छन् । पूर्व राजनीतिकर्मी ८६ वर्षीया घलेले सञ्चालन गर्दै आएको उक्त सदनभित्र वाचनालय, पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, उपभोक्ता सहकारी संस्थाका साथै विद्यालय पनि छन् ।

पञ्चायतकालमा सांसद र सहायक मन्त्रीसमेत रहेकी घलेले आफ्ना सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी हुन् । साथै योग गर्ने ठाउँ, गुम्बा, जेष्ठ नागरिक समाजका निम्ति पनि सेवाहरु उपलब्ध गराउँदै आएकी थिइन् । जहाँ निम्न वर्गका २५ भन्दा बढी परिवारले आश्रयसमेत पाएका छन् ।

प्रकाशित : श्रावण ३, २०८० १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?