कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बंगलादेशी नागरिकको आशंकामा भारतीय जेलमा रहेकी नेपाली महिला छुटिन् 

पर्वत पाेर्तेल

काँकडभिट्टा — करिब चार वर्षदेखि बंगलादेशी भएको आशंकामा भारतको जेलमा बन्दी जीवन बिताइरहेकी एक नेपाली मुस्लिम महिला सोमबार छुटेकी छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र बाल सुरक्षा अभियान नामक सामाजिक संस्थाको पहलमा  हरिपुर नगरपालिका–६ सर्लाहीकी ६२ वर्षीया जन्नत खातुन लहेरी भारत असमस्थित सिल्जर केन्द्रीय कारागारबाट मुक्त भएकी हुन् । 

बंगलादेशी नागरिकको आशंकामा भारतीय जेलमा रहेकी नेपाली महिला छुटिन् 

सन् २०१८ नोभेम्बरमा बंगलादेशी भएको आशंकामा भारत–बंगलादेश सीमावर्ती क्षेत्र असमको कछार जिल्लाबाट उनलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले नियन्त्रणमा लिएको थियो ।

परिचय नखुलेका कारण असमको सिल्चर अदालतले उनलाई बंगलादेशी करार गरेर दुई वर्ष जेल र एक हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको थियो । ‘पहिचान नखुलेका कारण उनी अनाहकमा जेल परेकी थिइन्’, उनको उद्धारमा पहल गर्ने कालिम्पोङ भारतको सामाजिक संस्था वाल सुरक्षा अभियानका प्रमुख विकास प्रधानले भने,‘मुस्लिम भएकै कारण उनलाई बंगलादेशीको आशंका गरेर जेल हालिएको थियो ।’

प्रधानका अनुसार कोलकातास्थित महावाणिज्य दूतावासका प्रतिनिधि सतीश थापा, बाल सुरक्षा अभियानकी माया राईको रोहबरमा छोरा फिरोज लहेरीलाई हस्तान्तरण गरिएको हो । जन्नत केही महिनादेखि कडा खालको क्षयरोग र एनिमिया जस्ता रोगबाट ग्रसित छिन् । कारागार प्रशासनले एम्बुलेन्समा राखेरै उनलाई नेपालसम्म पुर्याउने व्यवस्था मिलाएको थियो ।

उनी सन् २०२० मै छुट्नु पर्ने थियो । तर, पहिचान खुल्न नसक्दा उनले अनाहकमा थप दुई वर्ष जेलमै बिताउनु परेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २९, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×