कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ताप्लेजुङको टिप्ताला नाका खोल्ने पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ — चीनसँगको सीमा बन्द भएका कारण ताप्लेजुङको टिप्ताला नाकावासीहरुको जनजीवन कष्टकर बनेको भन्दै उक्त नाका खोल्नका लागि कूटनीतिक पहल गर्न एमाले सांसद योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ताप्लेजुङको टिप्ताला नाका खोल्ने पहल गर्न सरकारको ध्यानाकर्षण

सांसद भट्टाराईले बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय सहसचिव एवं दक्षिण पूर्व एशिया र प्यासिफिक डिभिजन विभाग हेर्ने लोकबहादुर थापालाई भेटी नाका सुचारुका लागि पहल गराउन ज्ञापन पत्र समेत बुझाएका हुन् ।

तिब्बतको सिमाना टिप्तला (रिउ) नाका कोभिड १९ को महामारी पछि हालसम्म पनि बन्द छ । नाका बन्द भएका कारण ताप्लेजुङको फक्तालुङ गाउँपालिका र आसपासका बासिन्दाहरुका लागि दैनिक खाद्यान्न, लताकपडा, औषधी उपचारका सधैं अत्यावश्यक सेवामा समस्या परिरहेको उनले उल्लेख गरेका छन् ।

कोभिड १९ पछि बन्द भएका अन्य नाकाहरु खुला हुँदै गएको सन्दर्भमा उक्त नाका सञ्चालन गरी त्यहाँका नागरिकको जीवनयापनमा सहजता ल्याउन आवश्यक पहल गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २१, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×