कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी टोलीलाई जसपाले भन्यो- 'प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं'

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने एमसीसी टोलीलाई जवाफ दिएको छ ।

एमसीसी टोलीलाई जसपाले भन्यो- 'प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं'

एमाले अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर जसपा नेताहरुकहाँ पुगेको टोलीलाई उक्त जवाफ दिइएको हो । नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन् ।

'नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल ! प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी !' भट्टराईले लेखेका छन् । छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

बिहीबार एमाले अध्यक्ष ओलीलाई भक्तपुर बालकोटस्थित निवासमा र नेकपा (एस) का अध्यक्ष नेपाललाई सिंहदरबारमा भेट गरेका थिए ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार नेपाल आएको एमसीसीको उच्च नेतृत्वले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने बताइएको छ ।

यो पनि

प्रकाशित : भाद्र २४, २०७८ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?