कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा आगलागी हुँदा २ जना घाइते

काठमाडौँ — कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ ।

बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा आगलागी हुँदा २ जना घाइते

घाइते हुनेमा धनुषा घर भइ कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

बुधबार मध्याह्न मदन भण्डारी पार्क नजिकैको बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकको दमकल प्रयोग गरिएको छ ।


आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी खटिएका छन् । आगलागी के कारणले भएको खुलेको छैन ।

प्रकाशित : जेष्ठ २३, २०८१ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×