२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

संसद् विघटनविरुद्ध माइतीघर मण्डलामा सिटी जुलुस

काठमाडौँ — अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्‍वर पुगेर कोणसभामा परिणत भएको थियो । 

संसद् विघटनविरुद्ध माइतीघर मण्डलामा सिटी जुलुस

संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह, जनवर्गीय संगठनहरु र कांग्रेस, जनता समाजवादीलगायत पार्टी आन्दोलनमा छन् । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।







प्रकाशित : पुस १२, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?