कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैदलयात्रीलाई ठक्कर दिई फरार गाडीसहित चालक पक्राउ 

भक्तपुर — पैदलयात्रीलाई ठक्कर दिई फरार गाडीसहित प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

पैदलयात्रीलाई ठक्कर दिई फरार गाडीसहित चालक पक्राउ 

प्रहरीका अनुसार गत शुक्रबार बिहान सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित सडक पार गर्ने क्रममा स्थानीय ६५ वर्षीय ललितकुमारी कार्कीलाई ठक्कर दिई फरार रहेका प्रदेश २–०१–००१ च ०१८० नम्बरको गाडीसहित चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा गोलबजारका २४ वर्षीय अर्जुन विक छन् ।

शुक्रबार बिहान काभ्रेको बनेपाबाट काठमाडौंका लागि छुटेको उक्त गाडीले सडक पार गर्दै गरेकी कार्कीलाई ठक्कर दिएर सख्त घाइते बनाइ भागेको थियो । घाइते कार्कीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त जगाती र ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाको समन्वयमा गाडी चालकलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?