कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा भट्टराई

काठमाडौँ — काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा भट्टराई

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको बिदाइ गरिएको छ । बिदाइ समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको बताए ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामहरुलाई आफूले निरन्तरता दिने बताए । विगतमा पनि आफूले मशाखाका अन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्ने बताए । ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए ।

कार्यक्रममा अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?