कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खड्ग जात्रामा आन्तरिक पूजा मात्रै

प्रशान्त माली

ललितपुर — पाटन दरबार क्षेत्रमा वडा दसैंको अवसरमा मनाइने पाँयो (खड्ग) जात्रा आन्तरिक पूजामा समिति हुने भएको छ । ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालको संयोजकत्वमा सरोकारवाला गुठीयारहरुसहित सोमबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको निर्णयलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार दरबारमा विजया दशमीको दिनमा हुने सांस्कृतिक बाजागाजासहितको उत्सव, ठेचोको नवदुर्गा नाच, घटस्थापनादेखि सुरु हुने पाटन नकबहिल टोलबाट निस्कने अष्टमाष्ट्रिका नाचलगायत भीडभाड हुने सांस्कृतिक गतिविधि स्थगित हुने भएको छ । जात्रासँग सम्बन्धित मुख्य गुठीयारहरु बसेर परम्परादेखि विधिवत रुपमा गर्दै आइरहेको पूजाविधि मात्र निरन्तरता दिने निर्णयमा उल्लेख छ ।

बैठकमा ठेचो नवदुर्गा नाच, पाटन दरबारस्थित मू छेँ आँगन घर, अष्टमाष्ट्रिका नाच, पाटन च्यासलका इन्द्र बाजा खलक, नाय: खि (एक किसिमका बाजा) खलक, ललितपुर गुठी संस्थान कार्यालय, वडाध्यक्ष लगायत सहभागी थिए ।

प्रकाशित : आश्विन १९, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?