कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगनखेल मालपोत कार्यालय ५ दिनका लागि बन्द

प्रशान्त माली

ललितपुर — भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल सोमबारबाट ५ दिनका लागि बन्द हुने भएको छ ।

लगनखेल मालपोत कार्यालय ५ दिनका लागि बन्द

कार्यालयमा अग्रपंक्तिमा बसेर काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २३ गतेसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको प्रमुख अधिकृत शालिकराम आचार्यले बताए ।

संक्रमण नफैलियोस भनेर कार्यालयको कामकाज ठप्प पारिएको उनले बताए ।

लकडाउन खुलेसँगै यहँ दैनिक ५/६ सय जनाको हाराहारीमा सेवाग्रही आउने गरेका थिए । ललितपुर मालपोत कार्यालय मुलुकभरका मालपोतमध्ये सबभन्दा बढी राजश्व संकलन गर्ने कार्यालयमध्ये एक हो ।

प्रकाशित : आश्विन १९, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?