कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेस ज्याकेट दुरुपयोगको आरोपमा युवक पक्राउ

प्रशान्त माली

ललितपुर — प्रेस ज्याकेट दुरुपयोगको आरोपमा ललितपुरका एक युवक पक्राउ परेका छन् । रातो मत्स्येन्द्रनाथ रथ तान्ने विषयलाई लिएर बिहीबार ललितपुरमा प्रहरी र स्थानीयबीच भएको झडपको क्रममा प्रेस ज्याकेट दुरुपयोग गरेको भन्दै अपराध महशाखाको टोलीले महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जनलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रेस ज्याकेट दुरुपयोगको आरोपमा युवक पक्राउ

झडपका बेला प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगामुढा गरेको ती युवकमाथि आरोप लागेको छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार महर्जनलाई ललितपुर प्रहरी परिसर जावलाखेलमा बुझाइएको छ । ‘युट्युबहरु चलाउने भनेका छन्,’ उनले भने, ‘पत्रकार हो भन्ने परिचय खुलेको छैन ।’महर्जनसहित पाटनको पुल्चोकमा भएको झडपमा पक्राउ परेका १० जनालाई पक्राउ गरेर जावलाखेलमा राखिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पक्राउ परेका युवाले ट्राफिक प्रहरीमाथि हातपात र ढुंगामुढा गरेको/नगरेको बारे अनुसन्धान हुने बताए । ‘उनीहरु अरु नै नियतले रथ यात्रामा संलग्न भएको देखिन्छ,’ उनले भने ।

झडपको क्रममा आक्रोशित स्थानीयले बिहीबार मंगलबजारमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेका थिए ।


प्रकाशित : भाद्र १९, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?