कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न गोदावरी नगरपालिकाको अनुरोध

रासस

ललितपुर — गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।

गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतया, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, 'दिवंगत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछाै‌ं।' यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरे ।

प्रकाशित : श्रावण ११, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?