चन्दागिरिमा मात्रै १० जना कोभिड संक्रमित
काठमाडौँ — चन्दागिरि नगरपालिकामा मात्र शुक्रबार १० जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाको मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जना र बाहिर देशबाट आएका ६ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको नगरप्रवक्ता हरिभक्त महर्जनले बताए ।
क्वारेन्टाइनमा रहेका दाङका २९ वर्षीय पुरुष, सिन्धुलिका ४२ वर्षीय, अर्घाखाँचीका ५३ वर्षीय र काभ्रेका ३१ वर्षLय पुरुष हुन् ।
क्वारेन्टाइका संक्रमित असार ५,६ र ७ गते नगरपालिका प्रवेश गरेका थिए ।
अन्य ६ जना संक्रमित अरु देशबाट आएको र उनीहरुको खोजी भइरहेको उनले बताए । क्वारेन्टाइनमा ४ जना संक्रमित बलम्बुस्थित कोभिड–१९ अस्पतालमा पुर्याइसकेको उनले बताए ।
प्रकाशित : असार १९, २०७७ २१:३०
प्रकाशित : असार १९, २०७७ २१:३०
प्रतिक्रिया