कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनशनरत दुई युवालाई अस्पताल लगियो

काठमाडौँ — जनताको जीवन रक्षा र कोभिड १९ को सबल व्यवस्थापनको माग गर्दै एक सातादेखि अनशनरत दुई युवालाई अस्पताल लगिएको छ ।

अनशनरत दुई युवालाई अस्पताल लगियो

स्वास्थ्य अवस्था खराब हुँदै गएपछि 'इनफ इज इनफ' अभियानमा आबद्ध इसान अधिकारी र पुकार बमलाई बिहीबार काठमाडौं धुम्बाराहीस्थित ह्याम अस्पताल लगिएको हो । उनीहरु गत १२ गतेदेखि पाटन दरबार स्क्वायरमा सत्याग्रहमा थिए ।

यसअघि अनशनकारीले पीसीआर परीक्षण वृद्धि, आरडीटी परीक्षण रोक्नु पर्ने लगायत माग राखी सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित : असार १८, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?