कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको सम्पर्कमा रहेकी साथीको रिपोर्ट नेगेटिभ

भक्तपुर — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी सुनसरीकी २५ वर्षीय युवतीको प्रत्यक्ष सम्पर्कमा रहेकी साथीको ‘नासल स्वाब’ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकाे स्वाबको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा.सुमित्रा गौतमले बताइन् ।

संक्रमितको सम्पर्कमा रहेकी साथीको रिपोर्ट नेगेटिभ

एउटै कोठामा बसेकी साथीलाई कोरोना पोजिटिभ देखिएपछि बुधबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत उनको ‘नासल स्वाब’को नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

स्वाबको रिपोर्ट नेगेटिभ आएपनि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेको व्यक्तिलाई एक साता आईसोलेसनमै राख्ने अस्पतालले जनाएको छ । ‘एक सातापछि पुन: स्वाब परीक्षणको लागि पठाउँछौं’, मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमले भनिन्, ‘पुन: परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि पनि मापदण्ड अनुरुप क्वारेन्टाइनमा राख्नुपर्छ ।’

संक्रमितको परिवार र छिमेकी क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका ७ जनालाई क्वारेन्टाइन र ३ जनालाई आइसोलेसनमा राखेको छ । प्रहरीका अनुसार भक्तपुरमा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएका २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने २, छिमेकी र हजाम २ गरी ७ जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको छ । त्यस्तै, वैशाख २९ मा सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिका–४ शंखधर चोकस्थित साथीको घरमा बसेकी युवतीमा कोरोना संक्रमण पुष्टी भएपछि कोठासागैको १, एम्बुलेन्समा लिन आएको २ जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र उपत्यका आउने क्रममा मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?