कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना निगरानी गर्न महानगरको एप्स

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीको निगरानी गर्न ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ नामक एप्स सार्वजनिक गरेको छ । यो एप्स संचालन भने दुई सातापछि मात्रै हुनेछ । महानगरको यो एप्स प्रणालीमा प्राप्त सूचना सम्बन्धित विशेषज्ञ चिकित्सक , तथ्याङ्क विशेषज्ञ तथा भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य विश्लेषण गरी त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई उनीहरुको अवस्थाकाबारे जानकारी दिइनेछ । 

तथ्य बिश्लेषणपछि बिरामीले सावधानी अपनाउनु पर्ने/नपर्ने, घरमै सुरक्षित बस्ने वा स्वास्थ्य संस्थामा जानु पर्ने/नपर्ने, विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ/पर्दैन जस्ता सुचना पनि प्राप्त गर्न सक्नेछन् । यो प्रणालीबाट संक्रमणको आशंका भएका व्यक्तिहरुको भीड अस्पतालमा कम हुने दाबी महानगरको छ । महानगरका मेयर बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुसँग भिडियो कन्फरेन्स मार्फत् सोमबार राष्ट्रिय सभा गृहबाट उक्त प्रणालीको सुरुवात गरे ।


कसरी लिने जानकारी ?

प्राविधिक कारणले एप्स दुई साता पछि गुगलको ‘प्लेस्टोर’ मा आउने महानगरले जनाएको छ । गुगलको प्लेस्टोरमा एप्स नआएसम्म जिज्ञासुहरुले काठमाडौं महानगरपालिकाको वेवसाइटबाट www.kathmandu.gov.np सूचना लिन/दिन सकिने पनि महानगले जनाएको छ । नयाँ प्रणाली ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ सर्चपछि डाउनलोड गरी इन्स्टल गर्न सकिनेछ । एप्सको प्रयोग गर्दा त्यसमा सोधिएका तपाईको अवस्थाबारे प्रयोगकर्ताले उत्तर दिनुपर्नेछ ।


तपाईलाई डाक्टर चेकजाँच गरिरहेको छ/छैन ? तपाईको अवस्थामा आएको परिवर्तनका बारे बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक आफ्नो स्थितिबारे थाहा पाउन सकिनेछ । यसरी सल्लाह दिनका लागि आपतकालीन स्वास्थ्यविज्ञ डा. रमेशकुमार महर्जन, जनस्वास्थ्यविज्ञ डा. सरोज धिताल र सूचना प्रणालीविज्ञ भूषणराज श्रेष्ठलगायतको टोलीलाई जिम्मा दिइएको छ ।




प्रकाशित : चैत्र १८, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?