कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटना एकको मृत्यु

भक्तपुर — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मोटरसाइकल दुर्घटना एकको मृत्यु

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका-१२ घर भएका २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

मृतकको सनाखत भएको छैन । स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया ईशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र ४, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?