कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारुण यन्त्रको भवन निर्माणमा विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — हनुमान ढोका परिसरको जुद्ध बारुण यन्त्रको असुरक्षित भवन रेट्रोफिटिङ वा नयाँ बनाउने विवादले निर्माण अघि बढ्न सकेको छैन । काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति भएको भवनलाई नयाँ बनाउनुपर्ने अडान राखेको छ ।

पुरातत्त्व विभागले भने यही भवनलाई रेट्रोफिट गरी भूकम्पप्रतिरोधी बनाउनुपर्ने प्रस्तावले भवनको पुनर्निर्माण हुन सकेको छैन । यी दुई कार्यालयबीच विवाद चर्केपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आइतबार जुद्ध बारुण यन्त्र भवनको अवलोकन गर्न पुगेका थिए । ‘यसलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्नुपर्छ भन्ने र अहिलेकै स्वरुपमा नयाँ संरचना बनाउनुपर्छ भन्ने धारणा पनि आएको छ,’ अध्ययनपछि ट्वीटमा उनले लेखेका छन, ‘प्राविधिकहरूले अध्ययन गरी रिपोर्ट दिएपछि भवनको पुनर्निर्माण कि रेट्रोफिटिङ गर्ने भन्नेबारे टुंगो लगाउनेछौं ।’


ज्ञवालीका अनुसार अब काठमाडौं महानगरपालिका, पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक/एक प्रतिनिधि गरी तीन सदस्यीय समिति गठन गरिनेछ । ‘प्रतिनिधि पठाउन सम्बन्धित कार्यालयलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘नाम पाउनसाथ समिति गठन गरेर समयसिमा तोकेर काम अघि बढाउँछौं ।’


दुई रोपनी दुई आना जग्गामा रहेको बारुण यन्त्र भवन भूकम्पको धक्काले चिरा परेको छ । ०७२ को भूकम्पमा भवन चर्केपछि अग्नि नियन्त्रकहरू एक वर्षसम्म टहरामा बसेर सेवा दिएको कार्यालय प्रमुख लीलाराज गाछामगरले बताए । जुद्ध बारुण यन्त्र काठमाडौं कार्यालयमा अग्नि नियन्त्रक मात्र ३१ जना छन् ।


प्रकाशित : फाल्गुन १३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?