कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उजुरी ढाकछोप गर्ने प्रयास भइरहेको आरोप

यौन दुर्व्यवहारको आरोपमा शिक्षकविरुद्धको उजुरी प्रकरण:
कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयमा तीन, चार र पाँच कक्षामा पढ्ने २६ छात्राले शिक्षकको यौन दुर्व्यवहारविरुद्ध विद्यालयलाई लेखेको उजुरीलाई ढाकछोप गर्ने प्रयास भइरहेको अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारीले आरोप लगाएका छन् ।

उजुरी ढाकछोप गर्ने प्रयास भइरहेको आरोप

‘घटना यथार्थ हो, मंगलबार हाम्रो समितिका महिला साथीहरुलाई लिएर विद्याथीहरुलाई भेटेका थियाै‌ं, उनीहरुले शिक्षकले अमर्यार्दित व्यवहार गरेको प्रष्टसँग भनेका छन्,’ उनी भन्छन्, ‘स्कुलको प्रिन्सिपल विद्यालय व्यवस्थापनले केस हेर्छ भन्दै पन्छिन खोजिरहेको छ, समिति र वडाध्यक्षले ढाकछोप गर्ने प्रयास गरिरहेका छन्, जुन राम्रो होइन ।’

सातदोबाटो प्रहरीसँग अभिभावक संघले दुईपटक भेटेको छ । प्रहरीले जाहेरी ल्याउनु भनिरहे पनि विद्यालय र जनप्रतिनिधिले ढाकछोप गर्न खोजिरहेको उनले बताए ।

कान्तिपुरसितको कुराकानीमा पनि नारायण आधारभूतकी प्रअ सविता सिलवालले विद्यालय व्यवस्थापन समितिले आफैले केस मिलाउने भनेको बताएकी छन् । समितिका अध्यक्ष रामेश्वर कार्कीले आफ्नो बचाउ गर्दै मेलमिलाप गर्ने पक्षमा नरहेको दाबी गरिरहेका छन् । महालक्ष्मी—७ का वडाध्यक्ष नकुल थापाले घटनाबारे बुझ्ने काम भइरहेको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्ः

यौन दुर्व्यवहार आरोपमा शिक्षकविरुद्ध उजुरी

प्रकाशित : फाल्गुन ६, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?