कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सई हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ — आफू प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । ३ लाख रुपैयाँ ठगी गरेका बसुन्धरा बस्‍ने रामेछाप मन्थली नगरपालिका २ का राजु कार्कीलाई बिहीबार बेलुकी कलंकीबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

सई हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

उनले विभिन्‍न बाहाना बनाएर काठमाडौं मनहरा बस्‍ने सिन्धुपाल्चोकका लक्ष्मण गिरीको ३ लाख रुपैयाँ ठगी गरेका थिए ।


कार्कीको साथबाट नगद ७ हजार ५ सय, बा ९१ प ७४४६ नम्बरको मोटरसाइकल, १ थान मोबाइललगायत सामग्री बरामद गरिएको छ । कार्कीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएकाे छ ।


प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कार्की यसअघि २०७३ सालमा पनि ठगी मुद्दामा ६ महिना भुक्तान गरी धरौटीमा छुटेका थिए ।

प्रकाशित : माघ १७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?