कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद चन्द र श्रेष्ठको सालिक अनावरण

काठमाडौँ — सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिक अनावरण गरिएको छ । शोभा भगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका दुई सहिदका सालिकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार अनावरण गरेका हुन । 

सहिद चन्द र श्रेष्ठको सालिक अनावरण

सालिक १८ लाख रुपैयाँ खर्चेर महेश तुलाधरले निर्माण गरेका हुन् । सालिक निर्माणका लागि काठमाडौं महानगरपालिका–१५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । सालिक अनावरण गर्दै मेयर शाक्यले सहिदहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पुर्‍याउन सालिक निर्माण गरिएको बताए ।

सहिदहरुले राष्ट्रका लागि गरेको योगदान सबैले सम्झिने भएकाले महानगरपालिकाले सप्ताहको अवसरमा सालिक निर्माण गरेको शाक्यले बताए । मेयर शाक्यले सहिद सप्ताहको अवसरमा सहिद गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता गरिएको पनि बताए । शाक्यले १६ गते धर्मभक्त माथेमाको सम्झनामा वडा नम्बर २३ मा धर्मभक्त स्मृति पार्कको उदघाटन गरिने बताए ।


१९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई सोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन् ।

महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने ४ जनै सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन गराइसकेको छ ।

प्रकाशित : माघ १५, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?