कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन लेडी जेसिसमा नयाँ नेतृत्व

काठमाडौँ — पाटन लेडी जेसिसको ४१ औँ अधिवेशनले सुष्मा श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरेको छ । शनिबार पुलचोकमा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष सहितको समिति गठन गरेको हो । 

पाटन लेडी जेसिसमा नयाँ नेतृत्व

नव गठित समितिको वरिष्ठ उपाध्यक्षद्वयमा सुरक्षा साह र सामना ढकाल चयन भएका छन् । यस्तै, उपाध्यक्षहरुमा ओसिन ओली, सिम्रन लेडगिस, सृष्टि महर्जन र संगिता महर्जन रहेका छन् । महासचिवमा रिना शाक्य, कोषाध्यक्षमा यमुना श्रेष्ठ र सहसिचवद्वयमा प्रकृति शाक्य र जस्मिन वैद्य चयन भएका छन् ।


यस्तै,समितिको आईपीपीमा भावना साह ठकूरी,जीएलसीमा सुमित्रा शर्मा,एलओएम इडिटर निजा गौतम,पब्लिक रिलेशन अफिसरमा रक्षा शाही, आईओएम इडिटरमा संगिता पौडेल लामिछाने र ट्रेनिङ कोअर्डिनेटरमा रविना शर्मा चयन भएको उपध्यक्ष ओसिन ओलीले जानकारी दिइन् ।


ललितपुर उपमहानगरपालिकाकी उपमेयर गिता सत्यालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । पाटन लेडी जेसिसले व्यक्तित्व विकाससँग सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित : माघ ४, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?