कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सफा हिमाल अभियान २०२४ मा युनिलिभरको साथ

काठमाडौँ — सफा हिमाल अभियान २०२४ मार्फत संकलन गरिएको फोहोरलाई रिसाइकल गर्न आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाइ सहयोग गरेको छ । यो अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कंकालसहित ५ शवको अवशेष संकलन गरिएको छ ।

सफा हिमाल अभियान २०२४ मा युनिलिभरको साथ

नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा गत चैत्र २९ देखि जेठ २३ सम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन गरिएको थियो ।

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा सहयोग गरेको थियो । नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर र १२ जना मृतकको शवको अवशेष सकंलन गरिएको छ ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएको अभियान सुरु गरिएको हो । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास छ ।

प्रकाशित : जेष्ठ २५, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×