कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

त्रिवेणी मोटोकर्पको ईभी शोरुम बालकुमारीमा

काठमाडौँ — त्रिवेणी मोटोकर्पले ललितपुरको बालकुमारीमा डोङफेङ इलेक्ट्रिक भेहिकल्सको लागि नयाँ शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङफेङ अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पछि कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण सुरु गरेको हो ।

त्रिवेणी मोटोकर्पको ईभी शोरुम बालकुमारीमा

त्रिवेणी मोटोकर्पले उक्त कम्पनीका ११ सिट, १४ सिट क्षमताको डाेङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रि वितरण गरिरहेको छ । बिजुली गाडीको प्रवर्धन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य कम्पनीले जनाएको छ ।

११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३ सय किलोमिटर रेञ्ज दिनेछ ।१४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३ सय किलोमिटर रेञ्ज दिनेछ ।डाेङफेङ का सबै इलेक्ट्रिक भ्यानहरुमा सीएटीएल ब्याट्रि जडित छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० किलोमिटर प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किलोमिटरको रेञ्ज सजिलै पाईने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २३, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×