२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमजी जेडएस ईभीको बुकिङ खुल्यो

काठमाडौँ — एमजी भेइकलको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुला गरेको छ । 

एमजी जेडएस ईभीको बुकिङ खुल्यो

एमजीको यस मोडलको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एमजी जेडएस ईभी ९९ मोटर पिकआवरमा छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ भने ५१ किलोवाट आवर ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिने ब्याट्रीमा ८ वर्षको वारेन्टी छ ।

‘सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरु समावेश छन्’ पारामाउन्ट माटर्सले एक विज्ञप्तिमार्फत भनेको छ ‘मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम समावेश छ ।’

एमजी जेड एस. ईभी (डिलक्स) भेरियन्ट ५ रंगमा उपलब्ध हुनेछ । उपलब्ध रंगमा डोभर हृवाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू छन् ।

प्रकाशित : जेष्ठ २८, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?