२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ — नबिल बैंकको ३८ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट घोषित ३० प्रतिशत लाभांश पारित गरेको छ ।  शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

बैंकले सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फबाट ३ जना संचालक निर्वाचित गरेको छ । निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक पदमा निर्वाचित गरिएको हो । नबिल बैंकका देशभर २४० वटा शाखाहरू तथा २७५ वटा एटीएम सञ्चालनमा छन् ।


प्रकाशित : पुस २९, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?