कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरू एउटै संग्रहमा

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरूको एउटै संग्रहमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि हालसम्म राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ । 

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरू एउटै संग्रहमा

प्रतिष्ठानले यसअघि ‘कविता महोत्सव : पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकेको छ । यसमा राष्ट्रिय कविता महोत्सवमा २०२२ देखि २०४६ सालसम्म पुरस्कृत कविता समेटिएका छन् । त्यसयता पुरस्कृत कवितालाई ‘राष्ट्रिय कविता महोत्सव : पुरस्कृत कविताहरू’ नामक संग्रह प्रकाशन तयारी रहेको जनाइएको छ । उक्त संग्रहको सम्पादकमा प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपाल र शशी लुमुम्बु रहेका छन् ।

‘पच्चीस वर्षमा पुरस्कृत १२५ जना कविहरूका १२५ वटा कविताहरूलाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको छ,’ प्राज्ञ पौडेलले विज्ञप्तिमा भनेका छन् ।

कृतिमा पुरस्कृत कवि र कविताहरूका साथमा राष्ट्रिय कविता महोत्सवको समग्र इतिहाससमेत समेटिएका छन् ।

हरेक वर्ष असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव यस वर्ष भने कोरोना भाइरसका कारण यही मंसिर २९ गते भौतिक दूरी कायम गरी प्रज्ञा–प्रतिष्ठानमा नै सम्पन्न गरिने जनाइएको छ । त्यसका लागि ३० जना कविका कविता छनोट गरिएको प्रतिष्ठानका सञ्चार विभाग प्रमुख प्राज्ञ शशी लुमुम्बुले जनाएका छन् ।

प्रकाशित : मंसिर २०, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?