कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेत्र एटमको ‘प्रिय मौनता’ सार्वजनिक

काठमाडौँ — कवि तथा समालोचक नेत्र एटमको उपासना कवितासंग्रह ‘प्रिय मौनता’ सार्वजनिक भएको छ ।

नेत्र एटमको ‘प्रिय मौनता’ सार्वजनिक

शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा कवि एटमसहित साहित्यकार तथा गीतकार कृष्णहरी बराल लगायतले संग्रहको विमोचन गरे ।

संग्रहमा प्रकृति, जीवन र प्रेमप्रति समर्पित र आराधना गरिएका कविताहरु संग्रहित छन् । जसलाई कवि एटमले उपासना कविताका रुपमा परिभाषित गरेका छन् । जीवन, प्रकृति तथा कुनै पात्रको भावनालाई आराधना र समर्पण गरेर लेखिएका कविताहरुलाई नयाँ सैद्धान्तिक प्रयोग गर्दै ‘उपासना’ नाम दिइएको उनले बताए । ‘कवितामा प्रेम, प्रकृतिसँगका मेरा अनुभूतिहरु समर्पित छन्’ उनले भने,‘कवितामा भइरहेकै कुराहरु छन् । यसमा मात्र सैद्धान्तिक प्रयोग गर्न खोजिएको हो ।’ प्रेम र प्रकृति र पात्रमा समर्पित विश्वप्रख्यात कवि पाब्लो नेरुदा, नेपालमा गोपालप्रसाद रिमाल लगायत कविहरुका कविता स्मरण गर्दै उनले त्यहाँ समय, जीवन, प्रकृतिको उपासना गर्दै प्रेमको महत्व खोजेको उल्लेख गरे ।

संग्रहबारे बोल्दै बरालले आजको युगमा प्रगतिवादी चिन्तनसँगै कवितामा नयाँ प्रयोग, नयाँ विचार र अनुसन्धानको विश्वचिन्तनको अभाव भएको सुनाए । एटमको संग्रहले उक्त अभावमा नयाँ विषयको खोजी गरेको ठहर गरे ।

एटमको यसअघि संयुक्त कवितासंग्रह ‘शब्दको नेपथ्य’, ‘भित्रकतै दुख्छ भने’ गजलसंग्रह र समालोचनाहरु प्रकाशित छन् ।

प्रकाशित : चैत्र १५, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?