कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्दृष्टि पुरस्कार स्थापना

शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौँ — जापानको चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत कमल लामिछानेले अन्तर्दृष्टि पुरस्कार स्थापना गरेका छन् । शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरिएको लामिछानेले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अन्तर्दृष्टि पुरस्कार स्थापना

देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेको उनले बताएका छन् ।

साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिहरुको समग्र विकासमा सघाउने एक जनालाई पत्रकारलाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको उनको भनाइ छ । ‘एक शिक्षकले आफ्नो व्यवहार र शिक्षण सिकाइ क्रियाकलापका माध्यमबाट हजारौं विद्यार्थीलाई सकारात्मक बनाइदिन सक्छ,’ उनले भनेका छन्, ‘एक विद्यार्थी शिक्षक, अभिभावक र वातावरण असल पाउादा अन्य सहपाठी र समाजसाग हातेमालो गरेर उदाहरणीय बनिदिन सक्छ । सकारात्मक परिवर्तनका संवाहक शिक्षक र विद्यार्थी नै हुन् भन्दा फरक नपर्ला ।’

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार रुपैयाँसहित प्रमाणपत्र, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार रुपैयाँसहित प्रमाणपत्र र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रुपैयाँसहित प्रमाणपत्र रहने उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?