कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस वर्षको बुकर पुरस्कार डग्लस स्टुवार्टको ‘शगी बेन’ लाई

इकान्तिपुर डेस्क

काठमाडौँ — स्कटिस–अमेरिकी लेखक डग्लस स्टुवार्टले यस वर्षको बुकर पुरस्कार पाएका छन् । स्टुवार्टको डेब्यु उपन्यास ‘शगी बेन’ लाई प्रतिष्ठित बुकर पुरस्कार प्रदान गरिएको हो । ‘शगी बेन’ आफ्नै भोगाइ र अनुभवमा आधारित उपन्यास हो । 

यस वर्षको बुकर पुरस्कार डग्लस स्टुवार्टको ‘शगी बेन’ लाई

यस वर्ष बुकर पुरस्कारको अन्तिम सूचीमा डायन कुकको ‘द न्यु वाइल्डरनेस’, अवनी दोषीको ‘बन्र्ट सुगर’, ब्रान्डन टेलरको ‘रियल लाइफ’, माजा मेङ्गित्सेको ‘द स्याडो किङ’, र सित्सी डाङ्गारेम्बाको ‘दिस मोर्नेबल बडी’ थिए ।

यी पुस्तकमध्येबाट निर्णायकहरुको स्टुवार्टको शगी बेनलाई यस वर्षको बुकर पुरस्कार दिने निर्णय गरेका हुन् । यस वर्षको निर्णायकमा मार्गरेट बस्बी, ली चाइल्ड, लेम सिसे, समीर रहिम र इमिली विल्सन थिए । निर्णायक मण्डलकी अध्यक्ष मार्गरेट बस्बीले निर्णायकमण्डलले सर्वसम्मतले स्टुवार्टको उपन्यासलाई विजेतका रुपमा छनोट गरेको हो ।

स्टुवार्टले मेडलका साथै ५० हजार पाउन्ड पाउनेछन् । उपन्यासमा स्टुवार्टले सन् १९८० को दशमा ग्लास्गोमा गरिबीसँग लडिरहेकी एउटी आमालाई सघाउने सानो बालकको कथा समेटिएको छ । ४४ वर्षीय उपन्यासकार स्टुवार्टले आफूले पाएको पुरस्कार आफ्नी आमाप्रति समर्पण गरेका छन् । उनी १६ वषको हुँदा अत्यधिक मद्यपानका कारण उनकी आमाको निधन भएको थियो ।

स्कटल्यान्डको ग्लास्गोमा हुर्किएका स्टुवार्ट अहिले न्युयोर्कमा बस्दै आएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?