कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवास खनालको कवितासंग्रह ‘सपनाका अवयव’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि सुवास खनालको नयाँ कविताकृति 'सपनाका अवयव' सार्वजनिक भएको छ । बुधबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको कार्यक्रममा भिडियोमार्फत खनालका बुवा गोकर्ण खनाल र आमा सुशीला खनालले कृति सार्वजनिक गरेका थिए ।

सुवास खनालको कवितासंग्रह ‘सपनाका अवयव’ बजारमा

प्राध्यापक घनश्याम घिमिरेले पुस्तकबारे बोल्दै खनालका कवितामा ससाना विषयमा पनि गम्भीर भाव पैदा गर्ने शक्ति रहेको बताए । कवि श्यामलले पुस्तकका कवितामा सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको विचार राखे ।अर्का वक्ता उदय अधिकारीले ‘सपनाका अवयव’का कविता आधुनिक समाजको चित्रण र त्यसले सिर्जना गरेको पीडाप्रति केन्द्रित रहेको बताए ।

नेपाली कविता लेखनमा दुई दशकदेखि क्रियाशील खनालको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो । यसअघि उनको २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामको कविताकृति प्रकाशित छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?