कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कवि असिम सागरको ‘क’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि असिम सागरको कवितासंग्रह ‘क’ सार्वजनिक भएको छ । कोरोना महामारीका कारण साेमबार भर्चुअल रुपमा संग्रहको विमोचन गरिएको हो ।

कवि असिम सागरको ‘क’ सार्वजनिक

संग्रहबारे बोल्दै कवि विप्लव प्रतिकले नेपाली साहित्यमा अर्काे चम्किलो कविको उदय भएको दाबी गरे । संग्रहका रहेका कविताहरु अत्यन्तै सुन्दर मानविय संवेदनालाई छुने खालको रहेको उनले बताए । उनका अनुसार कविले आफै मात्र नभएर आम मानिसको भोगाइ, पीडा, चिन्ता, संघर्ष र अनुभूतिलाई कविताको मीठो बान्कीमा अभिव्यक्त गरेका छन् । मानवीयसँगै राजनीतिक चेतले भरिएका कविताका भावले सबैको मन छुन सक्ने उनले सुनाए ।

कवि असिमले जीवनका हरेक उत्तरचढाव, भोगाइ र आम मानिसको पीडालाई कवितामा ल्याएको जनाए । फाइनप्रिन्टले प्रकाशन गरेको संग्रहमा रहेका कविताहरुलाई कविहरु रुपेश श्रेष्ठ, ज्योति जंगल र दीप दर्पणले वाचनसमेत गरेर सुनाएका थिए ।

प्रकाशित : कार्तिक ३, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?