२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

काठमाडौँ — सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’ लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ । यसअघि पाँचवटा एकल अध्याय सार्वजनिक भइसकेको थियो ।

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

निबन्ध सँगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको नेपालयले बताएको छ । यस पुस्तकले नेपाली समाजमा गरिबी रहिरहनुका कारण र तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरिएको पनि नेपालयले बताएको छ । । यो पुस्तक शाक्यको चौथो पुस्तक हो; नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो ।

‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’ नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्; ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अँगाल्नेतर्फको यो व्यवहारिक छलाङ भए पनि, हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नको रुपमा लियौं । एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरुको ई-बुक संस्करणप्रतिको पाठक रुचीले, नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ ।’

पुस्तक थुप्रैडटकम (www.thuprai.com) मार्फत किन्न सकिने पनि नेपालयले जनाएको छ । ‘अर्थात् परिवर्तन’ को ई-बुक २५० रुपैयाँमा उपलब्ध छ ।

पूर्ण पुस्तकका साथै पाठकहरूलाई रु. १५ मा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि रहेको छ । यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमा सुन्न सकिने व्यस्था पनि गरिएको छ । पुस्तकको छापा संस्करण भने लकडाउनपछि सार्वजनिक हुने नेपालयले बताएको छ ।

प्रकाशित : भाद्र ९, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?