कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाङ्‍मय शताब्दी पुरुष जोशी सम्मानित

कान्तिपुर संवाददाता

धनगढी — कैलालीको धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवमा वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाख नगदसहित सम्मान गरेकी हुन् । 

वाङ्‍मय शताब्दी पुरुष जोशी सम्मानित

सम्मानित भएपछि बोल्दै जोशीले सुदूरपश्चिममा रहेका कला र संस्कृति मानव सभ्यतासँग जोडिएको बताए । सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार भारतको दार्जिलिङ, सिलीगुडी, असम, मेघालय, सिक्किमलगायतका थलोबाट पनि साहित्यकार आएका छन् ।


नेपाली भाषा–साहित्य प्रवर्द्धन गर्ने उद्देश्य रहेको ६ दिने महोत्सवका अवसरमा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, स्रष्टा मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, बद्रीनाथ भण्डारी, तुल्सीराम जोशीलाई सम्मानपत्र प्रदान गरियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?