कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ खस्यो फरर

कविता

ढकमक्क कुहिरोले हाम्रो स्कुल ढाकेछ ।
बादल लाली जताततै र पो चिसो डाकेछ ।।

हिउँ खस्यो फरर


चिसा भए हातखुट्टा पानी पर्दा दरर ।
बाहिर निस्की हेर साथी हिउँ खस्यो फरर ।।

हिउँका ढिका जताततै बाटो पूरै सेतै छ ।
केटाकेटी सबैको ध्यान आज त्यतै छ ।।

स्कुल पनि बिदा भयो बाहिर हिउँको रास छ ।
हिउँ परेपछि पो आजको दिन खास छ ।।

हिउँ खेली बिरामी हुने पीर छ बाबालाई ।
हिउँमै खेल्न दौडिएँ म फकाएर आमालाई ।।

खेल्ने, डुल्ने उमेर हो पढ्ने हाम्रो काम हो ।
पढी, लेखी हामीले राख्ने देशको नाम हो ।।

आज हिउँ परेर चिसो बढ्यो लेकमा ।
कति मान्छे आएका घुम्न हाम्रो भेगमा ।।

फोटो खिच्दै हिउँ खेल्दै दाइदिदी रमाए ।
कोही डराई परै बसे केहीले हिउँ समाए ।।

भोलि घाम लाग्यो भने पग्लिजान्छ हिउँ सबै ।
आऊ साथी हिउँ हेरौं आज कतै नगई ।।

हातका कोमल औंला हिउँले खान्छ भनेर ।
म त पन्जा लगाई आएँ आफैं ज्ञानी बनेर ।।
- मिर्मिसा पराजुली
लालीगुराँस टोल, पोखरा

प्रकाशित : माघ ५, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?