कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सरस्वती

कविता

लेखपढ गर्ने विद्यार्थीलाई
सधैं माया गर्छिन् उनी,
उनीबाटै ज्ञान पाई
सफल बन्छ हाम्रो जुनी ।

सरस्वती


वीणापुस्तक हातमा लिई
बसेकी छिन् हाँसमाथि,
सरस्वतीको भक्ति गर्दै
पढ्नलेख्न जुटौं साथी ।

ज्ञानकी देवी तिमीलाई
सेतो रङ मनपर्छ,
तिम्रै आशीर्वाद पाई
हाम्रो जीवन अघि बढ्छ ।

मिहिनेत गरी अध्ययन गर्छु
मेरै समीपमा आऊ,
लेखपढ गर्ने बेला सधैं
मेरो मस्तिष्कमा छाऊ ।
- शान्ता ज्ञवाली, कक्षा–६
अमरसिंह मावि, पोखरा

प्रकाशित : माघ १२, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?