आमा- कोपिला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमा

कविता
कान्तिपुर संवाददाता

वर्णन गर्न सक्दिनँ आमा
कसरी गर्छ्यौ यत्रो काम,
बिहानदेखि बेलुकीसम्म
सबैको मुखमा तिम्रै नाम ।


अँध्यारै उठी चिया बनाई
सबैको हातमा पुर्‍याई,
मेरा लागि दूध तताई
होमवर्क गर्न सघाई ।

लुगा धोई खाना पकाई
सबलाई तातो खाना खुवाई,
मलाई मीठो खाजा बनाई
आफू अफिस मलाई स्कुल पुर्‍याई ।
आमा नहुँदा घर बेकाम
रातिको खाना उनकै काम,
कसरी गर्छ्यौ यत्रो काम
मेरी आमा हुन महान् ।
- पुनम अधिकारी, कक्षा–८
अरुणिमा सेकेन्डरी स्कुल, काठमाडौं

प्रकाशित : माघ १२, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्

सरस्वती

कविता
कान्तिपुर संवाददाता

लेखपढ गर्ने विद्यार्थीलाईसधैं माया गर्छिन् उनी,उनीबाटै ज्ञान पाईसफल बन्छ हाम्रो जुनी ।


वीणापुस्तक हातमा लिई
बसेकी छिन् हाँसमाथि,
सरस्वतीको भक्ति गर्दै
पढ्नलेख्न जुटौं साथी ।

ज्ञानकी देवी तिमीलाई
सेतो रङ मनपर्छ,
तिम्रै आशीर्वाद पाई
हाम्रो जीवन अघि बढ्छ ।

मिहिनेत गरी अध्ययन गर्छु
मेरै समीपमा आऊ,
लेखपढ गर्ने बेला सधैं
मेरो मस्तिष्कमा छाऊ ।
- शान्ता ज्ञवाली, कक्षा–६
अमरसिंह मावि, पोखरा

प्रकाशित : माघ १२, २०७६ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×