कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तारा तिमी

कविता

यो देशका तारा तिमीले, धेरै जान्नुपर्छ,
आफूभन्दा ठूलालाई, तिमीले मान्नुपर्छ ।

तारा तिमी


सफा खाना खाने गर्नू, स्वस्थ हुनू सधैं,
गाली होइन यसलाई, ज्ञान ठान्नुपर्छ ।

खुला ठाउको खानेकुरा, रोगको हुन्छ घर,
नलोभिनू देखी तिनलाई, मनलाई बाँध्नुपर्छ ।

सफा–सुग्घर रहने गर्नू, हातमुख सधैं धुनू,
किटाणु हाम्रा दुश्मन हुन्, तिनलाई हान्नुपर्छ ।

फोहोर पानी पिउनु हुन्न, रोगव्याधि लाग्ला,
तताएर पिउने गर्नू, त्यसलाई छान्नुपर्छ ।।
- बाबुकाजी सुवाल
चाँगुनारायण नपा–२, झौखेल, भक्तपुर

प्रकाशित : माघ १२, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?